बालकुमारीमा ट्रकले ठक्कर दिंदा स्कुटर चालकको मृत्यु

नेपालभ्युज

बालकुमारीमा ट्रकले ठक्कर दिंदा स्कुटर चालकको मृत्यु

काठमाडौं । ललितपुरको बालकुमारीमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालकको  मृत्यु भएको छ ।

सोमबार साँझ कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गर्दा गरेको बा ८३ प ८१७८ नम्बरको स्कुटरलाई प्रदेश ०२–३–००१० ख ५३५७ नम्बरको  ट्रकले ठक्कर दिंएको थियो ।

मृत्यु हुनेमा  सिन्धुली घर भई  सूर्यविनायक बस्ने ३५ वर्षे रमेशकुमार पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका पाण्डेको उपचारको क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको बताइएको छ ।

प्रहरीका अनुसार ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved