संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे छलफल जारी

अतिरिक्त समय काम लगाए बापतको अतिरिक्त प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।

नेपालभ्युज

संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे छलफल जारी

काठमाडौं । संसद् सचिवालयका कर्मचारीहरूले गरिरहेको आन्दोलनको विषयमा छलफल भइरहेको छ ।

सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरिरहेका हुन् ।

संघीय संसद् सचिवालयका कर्मचारीहरूले ११ बुँदे माग राखेर आन्दोलन गरिरहेका छन् ।

संघीय संसद्का पदाधिकारीहरु तथा सदस्यहरुको तलबमानमा मर्यादाक्रम अनुसार समयानुकूल संशोधन गरिनुपर्ने तथा समिति र उपसमिति बैठक सञ्चालन कार्यविधिलाई समयानुकूल बनाउनु पर्ने माग उनीहरूको छ ।

त्यस्तै, अतिरिक्त समय काम लगाए बापतको अतिरिक्त प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved