अर्धचेत अवस्थामा फेला परेका नव विवाहित दम्पतीको मृत्यु

नेपालभ्युज

काठमाडौँ । ललितपुरमा अर्धचेत अवस्थामा फेला परेका दम्पतीको मृत्यु भएको छ ।

जावलाखेलस्थित डेरामा बस्दै आएका २५ वर्षीय उमेश सेन्चुरी र उनकी पत्नी २५ वर्षीया रेणु सेन्चुरी शुक्रबार साँझ अर्धचेत अवस्थामा भेटिएका थिए ।

सिन्धुपाल्चोक घर भएका उनीहरु डेरामा अर्धचेत भेटिएपछि प्रहरीले  अस्पताल लगेको थियो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उपचारको क्रममा उनीहरूको पाटन अस्पतालमा मृत्यु भएको हो ।

उनीहरूको शव पोस्टमार्टमका लागि   त्रिवि शिक्षण अस्पतालमा पठाएको प्रहरीले बताएको छ  ।  उनीहरू नव विवाहित दम्पती हुन्  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved