राजनीतिको अपराधीकरण भइरहेको छ : डा. कोइराला

राजनीतिको अपराधीकरण भइरहेको छ : डा. कोइराला

जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिको अपराधीकरण भइरहेको बताएका छन् ।

जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलन तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले अहिलेको गम्भीर विषय राजनीतिको अपराधीकरण रहको बताए ।

उनले भने, ‘तपाईंहरुले देखिरहनुभएको छ, सहकारी मात्रै होइन, धेरै ठाउँहरुमा अनावश्यक हिसाबले अख्तियारले, अनावश्यक हिसाबले निर्वाचन आयोगले, सीआईबीले दुःख दिइरहेको छ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता प्राप्तिका लागि गरिरहेको लगातारको उलटफेरले देशको राजनीति गम्भीर मोडमा पुगेको बताए ।

प्रधानमन्त्री कहिले कांग्रेस, कहिले एमालेलाई बाध्य पारेर गरिररहेको सत्ता आरोहण कुर्सीका लागि मात्र भएको बताउँदै त्यसले मुलुकमा राजनीतिक अस्थिरता पैदा गरेको बताए ।

डा. कोइरालाले राजनितिक स्थिरता बिना सुशासन हुन नसक्ने र सुशासन नभए आर्थिक विकास हुन नसक्ने बताए ।

देशमा रहेको सात प्रदेश र एक संघीय गरी कुल आठ सरकार डेढ वर्षमा २३ पटक फेरिएको बिडम्बनापूर्ण स्थिति देशमा रहेको बताउँदै उनले जति सुकै बजेट ल्याइए पनि राजनीतिक स्थिरता बिना आर्थिक विकास र समृद्धि असम्भव रहेको दाबी गरे ।

उनले सबै लोकतन्त्रवादीले सरकारको स्थायित्वको लागि सोच्नुपर्ने बेला आएका बताए ।

कांग्रेस नेता कोइरालाले देशमा मिश्रित निर्वाचन प्रणाली खारेज हुनुपर्ने र प्रत्यक्ष निर्वाचन प्रणालीमा मात्र चुनावमा जानुपर्ने धारणा व्यक्त गरे। उनले भने, ‘देशमा मिश्रित निर्वाचन प्रणाली रहे कुनै पनि दलको स्पष्ट दुई तिहाइको सरकारको गठन हुन सम्भव छैन, त्यसैले राजनीतिक स्थायित्व र दुई तिहाई बहुमतको सरकार गठनको लागि प्रत्यक्ष निर्वाचण प्रणालीमै जानुपर्ने आवश्यकता छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved