पहिलोपटक करोडौंमा बिक्री हुँदैछ सलमान खानको पेन्टिङ

नेपालभ्युज

पहिलोपटक करोडौंमा बिक्री हुँदैछ सलमान खानको पेन्टिङ

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खान राम्रा चित्रकार पनि हुन् । सलमान खानको चित्रकलाका प्रशंसक पनि धेरै छन् । अब तपाईं पनि उनले बनाएको पेन्टिङ खरिद गर्न सक्नुहुन्छ ।

सलमान खानले आफ्नो ‘युनिटी १’ नामक पेन्टिङलाई आर्टफाई नामक इन्स्टाग्राम पेजको सहयोगबाट बेचिरहेका छन् । यो सुन्दर पेन्टिङको मूल्य भने करोडौंमा छ ।

‘यूनिटी १’ पेन्टिङलाई सलमान खानले सन् २०२२ मा बनाएका थिए । यसमा दुई धर्मका व्यक्तिलाई एकसाथ देख्न सकिन्छ । दुवैले फरक तरिकाले सलाम गरिरहेका छन् ।

पेन्टिङमा एउटा व्यक्तिको निधारमा रातो टिका छ भने दोस्रोले टोपी लगाएको छ । यो पेन्टिङको मूल्य तीन लाख डलर अर्थात लगभग चार करोड रुपैयाँ लगाइएको छ ।

यो एकदमै सीमित संस्करण पेन्टिङ हो, जो दश हजार प्रति बेचिनेछ । सलमान खान स्वयंले यसबारेमा बताएका थिए । अभिनेताले भनेका थिए कि अब उनले बनाएको पेन्टिङलाई सबैले खरिद गर्न सक्नेछन् ।

यसले धेरै प्रशंसक खुशी पनि भएका थिए । तर, जब यसको मूल्य सार्वजनिक गरियो धेरैले जिब्रो टोकेका छन् । यति महंगो पेन्टिङ कसले खरिद गर्छ भनेर प्रश्न गर्नेको संख्या पनि उल्लेख्य छ ।

यो सलमानले बनाएको पहिलो यस्तो पेन्टिङ हो जुन बिक्रीमा राखिएको छ । अगाडि अरु तस्वीर पनि लिलाम हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved