एकीकृत समाजवादीको महाधिवेशनमा १८७८ प्रतिनिधि, समूह बनाएर निर्वाचन लड्न नपाइने

प्रतिनिधि छनोट २०८१ असार ५ गते देशभरीका सबै निर्धारित क्षेत्रमा एकैदिन गर्ने अपानिमा उल्लेख छ । प्रतिनिधि चयनका लागि हुने निर्वाचनमा समूह बनाएर लड्न नपाइने भनिएको छ । 

नेपालभ्युज

एकीकृत समाजवादीको महाधिवेशनमा १८७८ प्रतिनिधि, समूह बनाएर निर्वाचन लड्न नपाइने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनमा १८७८ जना प्रतिनिधि रहने भएका छन् । पार्टीको १४औँ अन्तरपार्टी निर्देशन (अपानि)मा प्रतिनिधित्वको विस्तृत विवरण प्रस्तुत गरिएको हो ।

त्यसमध्ये महिला ४२५ र दलित १५० हुने तथ्यांक पनि अपानिमा उल्लेख छ ।

प्रतिनिधि छनोट २०८१ असार ५ गते देशभरीका सबै निर्धारित क्षेत्रमा एकैदिन गर्ने अपानिमा उल्लेख छ । प्रतिनिधि चयनका लागि हुने निर्वाचनमा समूह बनाएर लड्न नपाइने भनिएको छ ।

‘विद्रोहबाट स्थापित हाम्रो पार्टीको ऐतिहासिक दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि निर्वाचन गर्दा सकेसम्म सर्वसम्मति गर्न प्रयत्न गर्नु पार्टीका प्रत्येक सदस्यको जिम्मेवारी रहनेछ’, अपानिमा भनिएको छ ।

अपानि अनुसार, भूगोलका संघीय निर्वाचन क्षेत्रबाट ११५७, उपत्यका प्रदेशका जिल्ला कमिटीका कार्यक्षेत्रबाट २३, प्रदेश सम्पर्क कमिटी क्षेत्रबाट २२, भारत प्रवास क्षेत्रबाट ८, अन्य प्रवास क्षेत्रबाट १५ जना महाधिवेशन प्रतिनिधि रहनेछन् ।

त्यस्तै, केन्द्रीय सल्लाहकार परिषद्‌बाट ५, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चबाट ५, विभिन्न महासंघहरूबाट ८५, जनसंगठनहरूबाट ५६ जना प्रतिनिधि रहनेछन् ।

त्यस्तै, केन्द्रीय कमिटीबाट ३४६, केन्द्रीय आयोगहरूबाट १०४, केन्द्रीय विभाग र केन्द्रीय कार्यालयबाट ३२ र मजदुर विशेष आरक्षणबाट २० जना प्रतिनिधि सहभागी हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved