चुरे तराई मधेस संरक्षण विकास समितिमा कामभन्दा बढी राजनीति भएको छ : सांसद यादव

सांसद यादवले चुरे संरक्षणका लागि बनेको चुरे तराई मधेस संरक्षण विकास समितिमा कामभन्दा बढी राजनीति भएको बताएकी हुन् ।

नेपालभ्युज

चुरे तराई मधेस संरक्षण विकास समितिमा कामभन्दा बढी राजनीति भएको छ : सांसद यादव

काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिमा कामभन्दा बढी राजनीति भएको बताएकी छिन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले चुरे संरक्षणका लागि बनेको चुरे तराई मधेस संरक्षण विकास समितिमा कामभन्दा बढी राजनीति भएको बताएकी हुन् ।

चुरेमा भइरहेको कामको परिणामले सो कुरा पुष्टि हुने उनको भनाइ थियो । उनले अझै पनि चुरे क्षेत्र अतिक्रमणको सिकार भइरहेको बताइन् ।

‘सरकारले २०७१ मा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन गरे । तर यो समितिमा कामभन्दा राजनीति बढी भएको छ । चुरेको परिणामले पनि देखाइरहेको छ । उही समितिको रिपोर्ट अनुसार मैले १९९० देखि २०२० सम्म चरेमा ३२ हजार ५० हेक्टर वन बढेको छ । तर ६४ हजार ३०१ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । मापदण्ड विपरित ९६ हजार ३०६ हेक्टर खोलाको किनारा हराएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको अवस्था पनि यस्तै छ’, उनले भनिन् ।

उनले तराई मधेसमा खानेपानीको सुविधा पुर्‍याउन माग समेत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved