गर्मीले विद्यार्थी मुर्छित हुन थालेपछि वीरगञ्जमा थप तीन दिन विद्यालय बन्द

नेपालभ्युज

गर्मीले विद्यार्थी मुर्छित हुन थालेपछि वीरगञ्जमा थप तीन दिन विद्यालय बन्द

काठमाडौं । अत्यधिक गर्मी बढेपछि वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन यो क्रम बढ्नसक्ने भन्दै बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर तीन दिन गर्मी बिदा थप गरिएको बताए ।

महानगरका विद्यालयलाई बिहान साढे १० बजेभित्रै पठनपाठन गराउन निर्देशन दिएको थियो तर, उक्त समयमा कक्षा सञ्चालन गर्दा पनि कक्षामा विद्यार्थी मुर्छित भएपछि थप तीन दिन गर्मी बिदा दिने निर्णय भएको उनले बताए ।

महानगरको शिक्षा समितिको बैठकले जेठ १६ गतेदेखि १८ गतेसम्म गर्मीबिदा दिएको थियो । गर्मी बढ्ने क्रम जारी रहेकाले पुन महानगरपालिकाले तीन दिन गर्मी बिदा दिएको हो ।

महानगरमा ९२ वटा सामुदायिक र एक सय ३८ निजी विद्यालय सञ्चालित छन् । मौसम विभागले मध्य तथा पश्चिमी तराईमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved