प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्छ : अध्यक्ष राउत

राउतले संसदमा ह्विप लगाउने व्यवस्था पनि हुन नहुने बताए । उनले संसद्‌मा ह्वीप लागू गर्ने कुराले सांसदहरुलाई स्वविकीय ढंगले कानुन निर्माण गर्न नदिएकाले त्यस्तो व्यवस्था राख्न नहुने तर्क समेत गरे ।

नेपालभ्युज

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्छ : अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले मुलुकका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्ने बताएका छन् । विद्यमान राजनीतिक अस्थिरतालाई चिर्नका लागि पनि संघमा प्रत्यक्ष निर्वाचन प्रधानमन्त्री र प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित हुने शासन व्यवस्था हुनुपर्ने अडानमा आफ्नो पार्टी रहेको उनले बताए ।

नेपाल समाजवादी पार्टीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष राउतले मुलुकमा राजनीतिक अस्थिरता भएकाले पनि शासकीय स्वरुपमा परिवर्तन गरेर अघि बढ्न उपयुक्त हुने धारणा राखे ।

उनले संसद्ला‌ई दलतन्त्र लागू गर्ने थलोको रुपमा विकास गर्न नहुने प्रस्ताव गरे ।

‘हामी कहाँ संघीय लोकतान्त्रिक गणतन्त्र भयो । यो धेरै ठूलो उपलब्धि हो । धेरै सकारात्मक परिवर्तन हो । यो व्यवस्था ल्याउन भूमिका खेलेकोमा पुराना पार्टीहरुलाई हामी धन्यवाद पनि दिन्छौं । तर देशले अहिले के भोगिराखेको छ भने एउटा अस्थिरताको शिलशिला सुरु भयो । म पटकपटक भन्ने गर्छु–प्रधानमन्त्री बिहान उठेर म प्रधानमन्त्री हो कि होइन भनेर सोच्नुपर्ने हुन्छ । त्यतिधेरे अस्थिरताको वातावरण छ । र प्रदेश सरकारहरु पनि हरेक हप्ता नै ढल्ने हो कि भन्ने यहाँ देखिन्छ । यस्तो खालको अस्थिरताको वातारण यहाँ छ । त्यसकारण निकास दिनका लागि हामी प्रत्यक्ष निर्वाचित कार्यकारी संघ र प्रदेशमा जानुपर्छ भन्ने पक्षमा हामी छौँ’, उनले भने ।

राउतले संसदमा ह्विप लगाउने व्यवस्था पनि हुन नहुने बताए । उनले संसद्‌मा ह्वीप लागू गर्ने कुराले सांसदहरुलाई स्वविकीय ढंगले कानुन निर्माण गर्न नदिएकाले त्यस्तो व्यवस्था राख्न नहुने तर्क समेत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved