राप्रपा सांसद कार्कीको माग- मन्त्रीहरूलाई बजेट शून्यमा राख्नुपर्‍यो

कार्कीले मन्त्रीहरूले लगेको बजेट कटौती गर्न माग गरिन् । ‘उहाँहरूको बजेट फिर्ता गर्न लगाउनुपर्‍यो । मन्त्रीहरूलाई बजेट शून्यमा राख्नुपर्‍यो’, उनको भनाइ थियो ।

नेपालभ्युज

राप्रपा सांसद कार्कीको माग- मन्त्रीहरूलाई बजेट शून्यमा राख्नुपर्‍यो

काठमाडौं । राप्रपाकी सांसद रोशन कार्कीले बजेट जति मन्त्रीहरूले आफ्नो जिल्लामा लगेको आरोप लगाएकी छिन् ।

बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद कार्कीले मन्त्रीहरूले ‘आफ्नो हात जगन्नाथ’ गरेको बताइन् ।

‘मन्त्रीहरूले बजेट जति सबै आफ्नो जिल्लामा लैजानुभयो । हामी के गर्ने ?’, उनले भनिन्, ‘यसको उदाहरण महिला तथा बालबालिका मन्त्रालय छ । हामी के गर्ने सभामुख महोदय ? मेरो यो प्रश्न छ- मन्त्रीज्यूहरूलाई र सभामुखहरूमार्फत् ।’

कार्कीले मन्त्रीहरूले लगेको बजेट कटौती गर्न माग गरिन् । ‘उहाँहरूको बजेट फिर्ता गर्न लगाउनुपर्‍यो । मन्त्रीहरूलाई बजेट शून्यमा राख्नुपर्‍यो’, उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved