काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिने भएको छ ।
मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रयोजनसहित जारी प्रदेशसभा बैठकमा भाग लिँदै राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले विश्वासको मत दिने जानकारी दिए ।
मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदैछन् । उनलाई उनको दल नेपाली कांग्रेसका २७ सहित राप्रपाका दुई गरी २९ सांसदले मत दिने पक्का भएको छ ।
मुख्यमन्त्री पाण्डेलाई सरकार टिकाउनका लागि कम्तिमा ३१ सांसदको समर्थन चाहिन्छ । अहिलेसम्म उनले विश्वासको मत पाउँछन् कि पाउँदैनन् भन्नेबारे अन्योल नै छ ।
कांग्रेस सांसदहरूले २९ माथि थप दुई राजीव गुरुङ र फणिन्द्र देवकोटाको मत गनेका छन् । उनीहरूले समर्थन गर्लान्/नगर्लान् हेर्न बाँकी छ ।
देवकोटा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा) का नेता हुन् भने गुरुङ स्वतन्त्र सांसद हुन् ।
Facebook Comment
Comment