मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत, अघिल्ला सरकारले थालेका कामलाई निरन्तरता दिने प्रतिबद्धता

नेपालभ्युज

मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत, अघिल्ला सरकारले थालेका कामलाई निरन्तरता दिने प्रतिबद्धता
फाइल फोटो

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सदनमा विश्वासको मत मागेका छन् ।

मुख्यमन्त्री पाण्डेले जारी प्रदेशसभा बैठकमा सदनमा प्रतिनिधित्व गर्ने सबै दलसँग विश्वासको मत मागेका हुन् ।

उनले मत माग्दै विगतका सरकारहरूले थालनी गरेका कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । “मेरो नेतृत्वको सरकारले ती कामहरूलाई चाँडै पूरा पनि गर्छ,” उनले भने ।

उनले सदनमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई मिलेर काम गर्न अपिलसमेत गरेका छन् । “पछिल्लो समय प्रदेशहरूमाथि प्रश्न उठ्ने गरेको छ । हामीले मिलेर काम गर्नु प्रदेशमाथि उठेका प्रश्नहरूको जवाफ हुनेछ,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved