रुकुममा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

नेपालभ्युज

रुकुममा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं । रुकुम पश्चिमको मुसिकोटको नेपानेमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको बोलेरो गएराती दुर्घटनामा परेको हो ।

सडकबाट झण्डै २ सय मिटर तल खसेको जीप तीन टुक्रा भएको छ । दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ वर्षीय सौगात बिक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका–५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको हो ।

घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले ल्याइएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर छ ।

उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज ल्याइएको छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved