सौराहाका विभिन्न होटेल तथा रेस्टुरेन्टमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट 

नेपालभ्युज

सौराहाका विभिन्न होटेल तथा रेस्टुरेन्टमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट 

काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरूलाई भरतपुर भ्रमण वर्ष २०२४लाई लक्षित गर्दे सौराहामा अवस्थित विभिन्न होटेल तथा रेस्टुरेन्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

छुट्टाछुट्टै समारोहकाबीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट गण्डकी प्रदेश–५ की प्रमुख साँग्रीला श्रेष्ठ र सौराहा का शाखा प्रबन्धक मणि मानन्धरद्घारा हस्ताक्षर गरी सम्झौता भएको हो ।

सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारी तथा ग्राहकहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटेलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

सौराहालाई मेघौली ,कसरा,देबघाटधाम जस्ता रमणीय एवं धार्मिक क्षेत्रको भ्रमण गर्नेहरूका लागि उपयुक्त गन्तव्यका रूपमा लिन सकिन्छ । सो सम्झौता बमोजिम ग्राहक तथा प्रभु बैँक लि.का कर्मचारीहरूका लागि आवासमा आठ प्रतिशत देखी पन्ध्र प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० प्रतिशत देखी १५ प्रतिशतसम्मका छुट प्राप्त गर्न सकिने छ ।

सहभागी होटेलहरूको सुची निम्नअनुसार समावेश छ :

Hotel Aikawa Inn(Four Star Hotel), Sapana Village Lodge, Siddartha Villas Banbas,Chitwan (Hotel Banbas Chitwan ),Hotel Wildlife Camp, Park Safari Resort,Chautari Garden Resort, Rhino Lodge and Hotel, Hotel Royal Safari, The Park Century Hotel(Villagio Restaurent and Hotel), Travellers Jungle Camp, Hotel  Mirage, Open Sekuwa Corner, River View Jungle Camp, Himalayan In, Jungle Safari Lodge, Royal Tiger Luxury Hotel.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved