चुँडिएको पुलको जाली काटेर कर्णाली नदीमा खसालियो खच्चर, २ वटालाई बचाउन सकिएन

नेपालभ्युज

चुँडिएको पुलको जाली काटेर कर्णाली नदीमा खसालियो खच्चर, २ वटालाई बचाउन सकिएन

काठमाडौं । कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका १३ मध्ये दुई वटा खच्चर मरेका छन् । अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीसलाई जोड्ने कर्णाली नदी माथिको पुलको एकछेउका लठ्ठा चुँडिँदा खच्चड अड्किन पुगेका थिए ।

लठ्ठा चुँडिएको भागको पुल झुकेपछि १३ खच्चर जालीमा छिरेका थिए ।

जालीमा छिरेर अड्केको मध्ये एक खच्चड पुलमै मरिसकेको थियो । अर्को जाली काटेर नदीमा झारेपछि मरेको आठबीस नगरपालिका–६ का अध्यक्ष नवराज शर्माले बताए ।

कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा आइतबार बिहान फसेका खच्चडहरूको उद्धार जारी छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीय बासिन्दाको समेत सहयोगमा पुलमा फसेका खच्चड उद्धार गरिरहेका छन् ।

अछामबाट चामल लिन दैलेखको आठबीस नगरपालिकाको राकम बजार आउँदै गरेका १३ वटा खच्चड पुलमा फसेका थिए ।

पुल चुँडिदा १४ खच्चर तीन घण्टादेखि पुलमा झुन्डिँदै, सेनाको उद्धार टोली घटनास्थल पुग्दै

पुलको जाली काटेर खच्चडहरूको उद्धार गरिएको हो ।

सुरक्षाकर्मी र स्थानीयले पुलको जाली काटेर खच्चडलाई कर्णाली नदीमा खसालेर डुङ्गामार्फत बाहिर निकालेको हो । केही खच्चड तैरिएर आफैँ किनारमा आएका छन् ।

तीनवटा खच्चरलाई भने नदीमा खसाल्न नमिल्ने अवस्थामा छन् । उनीहरूलाई खसाल्दा बगरमा पर्ने भएकाले डोरीको सहायतामा निकाल्ने प्रयास भइरहेको छ ।

लट्ठा चुँडिदा झोलुङ्गे पुलमा १४ खच्चर अड्किए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved