धेरै खुशी हुँदा आँशु किन आउँछ

नेपालभ्युज

धेरै खुशी हुँदा आँशु किन आउँछ

एजेन्सी । खुशीको आँशु सकारात्मक अनुभव वा घटनाप्रतिको एउटा भावनात्मक प्रतिक्रिया हो । यो त्यतिबेला हुन्छ जतिबेला हामी अत्यधिक खुशी, गर्व वा कृतज्ञता महसुस गर्छौं ।

खुशीले रुनु फरक फरक तरिकाले हुन सक्छ, चाहे त्यो एक थोपा आँशु आउने होस् वा धरधरी रुने । यस्तो बेलाको आँशु हाम्रो शरीरका लागि एकदमै धेरै खुशी व्यक्त गर्ने एउटा सामान्य वा प्राकृतिक तरिका हो ।

जब हामी यति खुशी महसुस गर्छौं कि हाम्रो मुटु प्रेम, कृतज्ञता र आश्चर्यले भरिने गर्छ । त्यतिबेला खुशीको आँशु हाम्रो शरीरबाट बाहिर निस्कन्छ ।

खुशीले रुनुका पछाडिको विज्ञान पूर्ण रुपमा बुझिएको छैन तर, यस घटनालाई बुझ्ने कयौं शिद्धान्त पनि छन् । सबैभन्दा स्विकृत सिद्धान्त अनुसार हाम्रो आँशु शरीरबाट तीव्र भावनाहरु निकाल्ने एउटा प्रक्रिया हो जसलाई हामीले शब्दमा व्यक्त गर्न सक्दैनौं ।

जब हामी खुशीको अत्यधिक भावना अनुभव गर्छौं, हाम्रो दिमागले डोपामाइन, अक्सीटोसिन र एन्डोर्फिन जस्ता न्यूरोट्रान्समिटर रिलीज गर्छ जसले गर्दा आँशु आउन थाल्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved