काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकारका लागि ६ दलिय गठबन्धनले आज प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दावी पेश गर्ने भएको छ ।
प्रदेश प्रमुखले दिएको समय सिमा घर्किनु अघि नै गठबन्धनले दाबी पेश गर्ने बताएको छ । दलहरुलाई दाबी पेश गर्न प्रमुख भण्डारीले आज बिहान १० बजेसम्मको समयसीमा तोकेकी छन् । सो समय अगावै दाबी पेश गरिने गठबन्धनको तयारी छ ।
गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी आवद्ध छन् । मन्त्रालय बाँडफाँडमा सहमति जुट्न नसक्दा आज मात्रै गठबन्धनले दाबी पेश गर्न लागेको हो ।
गठबन्धनले जनमतका सतिशकुमार सिंहलाई मुख्य मन्त्रीमा नियुक्तिका लागि दाबी पेश गर्ने भएको छ । सिंहले मुख्यमन्त्रीमा आजै सपथ लिने बताइएको छ ।
नेकपा एमालेले चार मन्त्रालय, जनमतले मुख्यमन्त्रीसहित तीन मन्त्रालय, माओवादी र नेकपा एसले २/ २ मन्त्रालय लिने गठबन्धनभित्र सहमति भएको छ ।
Facebook Comment
Comment