डिशहोमको अफर, २४–महिने रिचार्जमा अर्को १२–महिना निःशुल्क

नेपालभ्युज

डिशहोमको अफर, २४–महिने रिचार्जमा अर्को १२–महिना निःशुल्क

काठमाडौं । जारी आईसीसी पुरुष टि–२० विश्वकपमा नेपालले ग्रुप स्टेज अन्तर्गत आज मंगलबार राती ०९ः१५ बजे नेदरल्यान्डसँग आफ्नो पहिलो खेल खेल्दै छ । यी दुई टिमबीचको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको छ ।

डिशहोमले आज दिउसो ०३ः१५ बजे ‘लेख्नेछौ नयाँ इतिहास’ शीर्षकमा २४ महिनाको रिचार्ज गर्दा अर्को १२ महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको हो । यो अफर आज राती ११ः५९ बजे सम्मका लागि मात्र लागु रहेको डिशहोम फाइबरनेटले जनाएको छ ।

यो अफर लिनको लागि ग्राहकहरूले २०० एमबीपीयस र सो भन्दा माथिका प्याकेजहरू २४–महिनाको लागि रिचार्ज गरेको हुनु पर्ने छ । रिचार्ज गर्नको लागि आफू नजिकै रहेको डिशहोमको डिलर दाइ कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस अफरको फाइदा उठाउन सक्नु हुनेछ ।

साथै अनलाइन पेमेन्ट वालेटहरू मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । थप जानकारीको लागि डिशहोम फाइबरनेटको ग्राहक सेवा केन्द्र ९८०१५४४००० मा सम्पर्क गर्न सकिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved