अर्थमन्त्री पुनले आज राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

नेपालभ्युज

अर्थमन्त्री पुनले आज राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने
फाइल फोटो

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आज राष्ट्रिय सभामा बजेटसम्बन्धी उठेका प्रश्नको जवाफ दिदै छन् ।

राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बोलाइएको छ ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ । बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को बजेटमाथि छलफल जारी छ ।

आजको बैठकमा विभिन्न समयमा निधन भएका पूर्व सांसदको शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

संविधानसभा सदस्य तथा पूर्वमन्त्री सूर्यमान गुरुङ, प्रतिनिधिसभाका पूर्व सदस्य शैयद मेहराज अहमद शाह र राष्ट्रियसभाका पूर्वसदस्य खगेन्द्रराज रेग्मीको निधनमा शोक प्रस्ताव पस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved