काठमाडौं । ठगी तथा विश्वास घातसम्बन्धी मुद्दामा निर्देशक सुदर्शन थापा पक्राउ परेपछि निर्माणाधीन चलचित्र ‘रावायण’को सुटिङ पनि रोकिएको छ । थापालाई सुटिङ सेटबाटै सोमबार मालीगाउँबाट पक्राउ गरिएपछि फिल्म निर्माण अवरुद्ध भएको हो ।
फिल्ममा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा मुख्य भूमिकामा छन् । यस फिल्मका निर्माता नायिका शर्मा हुन् भने निर्देशक थापा हुन् । फिल्म रोकिएपछि निर्माता शर्मा तनावमा छिन् ।
ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा मुद्दा अघि बढाउन उनलाई बौद्ध प्रहरी वृत्तमा लगिएको छ । ‘प्रसाद–२’ का निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध गत साउनमा ठगी र विश्वासघातसम्बन्धी कसुरमा उजुरी दिएका थिए ।
निर्माता बस्नेतका अनुसार निर्देशक थापाले आफ्नो अनुमतिबिना विभिन्न देशमा ‘प्रसाद–२’ प्रदर्शन गरेका थिए । उनले भने, ‘फिल्म सम्पादनका क्रममा एक कपी उम्काएका रहेछन् । मेरो अनुमतिबना त्यसलाई विदेशमा प्रदर्शन गराएपछि कानुनी उपचार खोजेको हुँ ।’
के छ जाहेरीमा ?
आफूहरूको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।
जाहेरीमा ओएसआर डिजिटलका सञ्चाल ओमप्रकाश अग्रवाल, निर्देशक थापा र सम्पादक श्रेष्ठलाई विपक्षी बनाइएको छ । सोही जाहेरीअनुसार अग्रवाल अघिल्लो साल नै पक्राउ परेका थिए ।
आपराधिक विश्वासघातको आरोपमा निर्देशक थापा पक्राउ
Facebook Comment
Comment