काठमाडौं । मधेसमा नयाँ सरकार गठनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान भएको भेटमा समाजवादीलाई मधेस सरकारबाट बाहिरिन प्रधानमन्त्रीले आग्रह गरेका थिए ।
समाजवादीले मधेसमा सरकार नछाड्दा सत्ता गठबन्धनलाई नयाँ सरकार गठनका लागि सकस परिरहेको छ ।
त्यहाँ जनमतलाई मुख्यमन्त्री दिनेगरि नया सरकार बनाउन माओावादी केन्द्र र एमालेले सहमति जनाइसकेका छन् ।
त्यस्तै दुई नेताबीच सुदूरपश्चिम प्रदेश सरकारको विस्तारका विषयमा पनि छलफल भएको छ । सुदूरपश्चिममा एमाले र माओवादीले सहयोग नगर्दा समाजवादीको नेतृत्वमा बनेको सरकार विस्तार हुन सकेको छैन ।
अध्यक्ष नेपालले मधेस सरकारमा आफुहरुको सम्मानजनक सहभागिताको सुनिश्चिता गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए ।
प्रधानमन्त्रीलाई भेटे लगत्तै नेपालले पार्टीको सचिवालय बैठक बोलाएका छन् । दिउँसो बस्ने बैठकले मधेस सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय हुने बताइएको छ ।
Facebook Comment
Comment