गृहमन्त्रीप्रति रामहरि खतिवडाको कटाक्ष- ट्विट गरेर मुलुक चलाउने होइन

‘सानातिना कुरामा मिडिया ट्रायल गरेर मन्त्रालय चलाउने होइन, कानुन अनुसार चलाउनुपर्‍यो। कसैको पनि शोषण गर्न पाइँदैन। अहिले पनि पत्रकारिता चलाए जस्तो बोलेर, ट्विट गरेर मुलुक चलाउने होइन। कानुन अनुसार मुलुक चलाउने पद्धतिको विकास होस्’, खतिवडाले भने ।

नेपालभ्युज

गृहमन्त्रीप्रति रामहरि खतिवडाको कटाक्ष- ट्विट गरेर मुलुक चलाउने होइन

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति कटाक्ष गरेका छन् । ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा श्रम गराउने मन्त्री लामिछानेको आदेशप्रति उनले आलोचना व्यक्त गरेका हुन् ।

खतिवडाले सडकमा श्रम गराउने काम तुरुन्त बन्द गर्न आग्रह गरे । उनले कानुन अनुसार शासन चलाउने व्यवस्थाको सुरुवात होस् भन्ने माग पनि गरे ।

‘सानातिना कुरामा मिडिया ट्रायल गरेर मन्त्रालय चलाउने होइन, कानुन अनुसार चलाउनुपर्‍यो। कसैको पनि शोषण गर्न पाइँदैन। अहिले पनि पत्रकारिता चलाए जस्तो बोलेर, ट्विट गरेर मुलुक चलाउने होइन। कानुन अनुसार मुलुक चलाउने पद्धतिको विकास होस्’, खतिवडाले भने ।

उनले मुलुक हुकुमी शासनमा नचल्ने स्मरण गराउँदै कानुन अनुसार चल्नुपर्ने बताए । कुनै पनि काम गर्दा कानुन बनाएर मात्रै गर्न उनले सुझाव पनि दिए ।

गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसका दिन सामाजिक सञ्जालमार्फत् ट्राफिक नियम उल्लंघनकर्तालाई स्वयंसेवकको नाममा सडकमा श्रम गराउने बताएका थिए । भोलिपल्टदेखि त्यसको कार्यान्वयन भएको थियो । तर कानुन बिना सजायस्वरुप सडकमा नागरिकलाई श्रम गराएको भन्दै उनको आलोचना भइरहेको छ ।

यसका विरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved