हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी

नेपालभ्युज

हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी

एजेन्सी ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार गाजा युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तुतीपछि द्वन्द्वको एक हिस्साको रूपमा हमासको बिनास नभएसम्म युद्धको अन्त्ये नहुने दावी गरेका छन् ।

युद्धको अन्त्यका लागि इजरायलको अवस्था परिवर्तन नभएको जनाउँदै इजरायली नेताले हमासको बिनासले सबै बन्धकलाई मुक्त गर्ने र इजरायललाई खतरा नभएको सुनिश्चित गर्ने विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रस्ताव अन्तर्गत, इजरायलले स्थायी युद्धविराम लागु गर्नु अघि यी सर्तहरू पूरा गर्नुपर्नेमा जोड दिएको छ । यी सर्त पूरा हुनुअघि इजरायल स्थायी युद्धविराममा सहमत नहुने धारणा नेतान्याहुले उल्लेख गरे ।

शनिबार, बाइडेनले इजरायललाई गाजामा पूर्ण युद्धविरामका लागि नयाँ रोडम्याप प्रस्ताव गरिरहेको बताए। उनले युद्धविराम तीन चरणको प्रस्तावमा छ हप्तादेखि गाजाको सबै क्षेत्रबाट इजरायली सेना फिर्ता हुने बताए ।

युद्धको अन्त्यसँगै सयौं प्यालेस्टिनी कैदीको रिहाइको बदलामा महिला, वृद्ध–वृद्धा घाइतेलगायत धेरै बन्धकको रिहाइ हुने बाइडेनले उल्लेख गरेका छन् ।

इजरायल र प्यालेस्टिनीले स्थायी युद्धविरामका लागि छ हप्तामा वार्ता गर्ने र वार्ताको क्रममा युद्धविराम जारी रहने बाइडेनले जनाए ।

हमासले बाइडेनले बनाएको योजनालाई सकारात्मक रूपमा लिएको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved