काठमाडौं । मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार गठन गर्ने ५ दलबीच सहमति भएको छ ।
बिहीबार एमाले, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीबीच नयाँ सरकारको नेतृत्वको विषयमा सहमति जुटेको हो ।
उल्लेखित दलको सहभागितामा जनमत पार्टीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको सहमति पत्रमा उल्लेख छ ।
‘सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय भएको छ’, सहमतिपत्रमा उल्लेख छ ।
वैशाख ३० गते एमाले र माओवादी केन्द्र जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका थिए । त्यसपछि मधेस प्रदेशमा नयाँ सरकार कसको नेतृत्वमा गठन गर्ने भन्ने विषयमा कसरत हुँदै आएको थियो ।
Facebook Comment
Comment