सुर्खेतमा जीप दुर्घटना, चारजनाको घटनास्थलमै मृत्यु

नेपालभ्युज

सुर्खेतमा जीप दुर्घटना, चारजनाको घटनास्थलमै मृत्यु

काठमाडौं । जीप दुर्घटना हुँदा सुर्खेतमा चार जनाको मृत्यु भएको छ ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको जीप वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गलामा दुर्घटनामा पर्दा ४ जनाको घटना स्थलमै मृत्यु भएको हो ।

जिप सुर्खेत–दैलेख सडकखण्डमा सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु भएकाहरुको परिचय खुलेको छैन ।

जिपमा ८ जना यात्रु रहेको अनुमान गरिएको  छ।

दुर्घटनाबारे थप जानकारी आउन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved