भारतले इरानबाट नेपाली र श्रीलंकाली नागरिकलाई उद्धार गर्ने

नेपालभ्युज

भारतले इरानबाट नेपाली र श्रीलंकाली नागरिकलाई उद्धार गर्ने
फाइल तस्वीर

काठमाडौं । छिमेकी देश भारतले द्वन्द्वरत देश इरानबाट आफ्ना नागरिकसँगै नेपाली र श्रीलंकालीलाई पनि उद्धार गर्ने भएको छ ।

यसको जानकारी इरानस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समार्फत् शनिबार दिएको हो ।

नेपाल र श्रीलंका सरकारको अनुरोधमा इरानस्थित दूतावासद्वारा भइरहेको उद्धार प्रयासमा नेपाली र श्रीलंकाली नागरिकलाई पनि समेटिको बताइएको छ ।

‘नेपाल र श्रीलंकाको सरकारको अनुरोधमा इरानस्थित भारतीय दूतावासद्वारा भइरहेको उद्धार प्रयासमा नेपाली र श्रीलंकाली नागरिकहरूलाई पनि समेटिनेछ,’ दूतावासले लेखेको छ ।

नेपाल र श्रीलंकाका नागरिकहरूले आपत्कालीन अवस्थामा तुरुन्त आफूलाई सम्पर्क गर्न सक्ने भारतीय राजदूतावासले जनाएको छ । त्यसका लागि उसले फोन नम्बरसमेत उपलब्ध गराएको छ ।

यतिबेला इजरायल र इरानबीच द्वन्द्व चलिरहँदा त्यहाँ रहेका नेपालीले आफूहरू असुरक्षित रहेको बताइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved