हिउँचितुवाको आक्रमणबाट बालिका घाइते

नेपालभ्युज

हिउँचितुवाको आक्रमणबाट बालिका घाइते

सुर्खेत । डोल्पामा हिउँचितुवाको आक्रमणबाट एक जना बालिका घाइते भएकी छन् । घाइते हुनेमा शेफोक्सुण्डो गाउँपालिका– १ को सुम्धेरकी १० वर्षीया नाम्खाङसाङमु लामा रहेकी छन् ।

मंगलबार राति भेडी गोठमा सुतिरहेको अवस्थामा उनलाई हिउँचितुवाले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । प्रहरीका अनुसार हिउँचितुवाले उनलाई गोठबाट करिब २ सय मिटर टाढासम्म लतारेर लिएको थियो । उनको टाउकोमा गम्भीर चोट छ ।

घाइते लामाको स्थानीय सालदाङ स्वास्थ्यचौकीमा उपचार भइरहेको स्वास्थ्यचौकी इन्चार्ज निमा धार्के गुरुङले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved