मुख्यमन्त्री पाण्डेले लिए शपथ, गुरुङलाई अर्थ र थापालाई सामाजिक विकास

नेपालभ्युज

मुख्यमन्त्री पाण्डेले लिए शपथ, गुरुङलाई अर्थ र थापालाई सामाजिक विकास

काठमाडौं । गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । बुधबार पोखरा सभागृहमा आयोजित समारोहमा पाण्डेले शपथ लिएका हुन् ।

पाण्डेसँगै दुई मन्त्रीले पनि शपथ लिएका छन् । टकराज गुरुङले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै, बिन्दुकुमार थापाले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

पाण्डे बुधबार नै मुख्यमन्त्री नियुक्त भएका हुन् । सोमबार सर्वोच्च अदालतले निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतलाई बदर गर्दै ४८ घण्टाभित्र संविधानको धारा १६८ (३) अनुसारको मुख्यमन्त्री नियुक्ति प्रक्रिया पूरा गर्न परमादेश दिएको थियो ।

त्यसै अनुसार, प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बनेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved