सन्दीपलाई भिसा दिलाउन दबाब दिँदै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

सन्दीपलाई भिसा दिलाउन दबाब दिँदै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको विरोधमा सन्दीप समर्थक युवाहरूले आज माइतीघरमा प्रदर्शन गरेका छन् । लामिछानेलाई टी-२० विश्वकप खेल्न जानको लागी अमेरिकाले भिसा दिएको छैन ।

क्यानका पदाधिकारीले खेलकुद परिषद्, खेलकुद मन्त्रालय, परराष्ट्र मन्त्रालयदेखि प्रधानमन्त्रीको सचिवालयसम्म सन्दीपको इस्यूबारे अवगत गराएका थिए । क्यानले दुई पटक प्रयास गर्दा समेत सन्दीपलाई अमेरिकाले भिसा दिएको छैन ।

जिल्ला अदालत, काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत, पाटनले सफाइ दिएको थियो । लगत्तै क्यानले लामिछानेको निलम्बन फुकुवा गरी उनलाई टिममा समावेश गरेको थियो । तर, अमेरिकाले भिसा नदिए सँगै उनको विश्वकप खेल्ने सम्भावना करिब सक्किएको छ ।

टी-२० विश्वकप जुन २ देखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । नेपालले पहिलो खेल जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

तस्वीरहरू:-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved