काभ्रेमा मर्निङवाकमा निस्केका पुरूषको सडकमै ढलेर मृत्यु

नेपालभ्युज

काठमाडौं । काभ्रेमा मर्निङवाकमा निस्केका एक पुरूषको मृत्यु भएको छ ।

मंगलबार बिहान मर्निङवाकमा निस्केका बनेपा नगरपालिका-३ का ३७ वर्षीय रामप्रसाद दंगालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बाटोमा हिँड्दै गर्दा उनी सडकमै ढलेका थिए ।

मुटु रोगको बिरामी रहेका दंगालको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

बिहान धुलिखेल नगरपालिका-५ खड्पुचोकमा उनी बेहोस अवस्थामा फेला परेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved