अवरोधका बीच अघि बढ्यो प्रतिनिधि सभा बैठक, नीति तथा कार्यक्रममाथि छलफल जारी

नेपालभ्युज

अवरोधका बीच अघि बढ्यो प्रतिनिधि सभा बैठक, नीति तथा कार्यक्रममाथि छलफल जारी
फाइल फोटो

काठमाडौं । प्रतिनिधि सभा बैठकमा कांग्रेसका सांसदहरूले वेल घेराउ गरिरहँदा सभामुखले कार्यसूची अघि बढाएका छन् ।

सभामुखले अर्थमन्त्रीलाई आव २०८०/८१ को आर्थिक सर्वेक्षण पेश गर्न समय दिनासाथ कांग्रेसका सांसदहरू वेल घेराउ गर्न अघि बढेका थिए । घेराउ र नाराबाजी जारी रहँदा अर्थमन्त्री बर्षमान पुनले सर्वेक्षण पेश गरेका थिए ।

त्यस्तै, सभामुखले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समय दिए ।

वेल घेराउ र नाराबाजीका बीच प्रधानमन्त्रीले प्रस्ताव पेश गरेका थिए । त्यसपछि संशोधन प्रस्तावकर्ताहरू चित्रबहादुर केसी र प्रेम सुवालाई आफ्नो प्रस्ताव पेश गर्न समय दिए ।

प्रतिनिधि सभा बैठक जारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved