प्रतिनिधि सभा बैठक जारी, कांग्रेसद्वारा वेल घेराउ

कांग्रेसले वेल घेराउ जारी रहँदा अर्थमन्त्रीले सर्वेक्षण पेश गरेका थिए ।

नेपालभ्युज

प्रतिनिधि सभा बैठक जारी, कांग्रेसद्वारा वेल घेराउ
फाइल फोटो

काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकमा कांग्रेसले वेल घेराउ गरेको छ ।

आइतबारको बैठकमा सभामुखले अर्थमन्त्रीलाई आव २०८०/८१ को आर्थिक सर्वेक्षण पेश गर्न समय दिनासाथ कांग्रेसका सांसदहरू वेल घेराउ गर्न अघि बढेका थिए ।

कांग्रेसले वेल घेराउ जारी रहँदा अर्थमन्त्रीले सर्वेक्षण पेश गरेका थिए ।

यता वेल घेराउ गरिरहेको कांग्रेसले ‘सहकारी पीडितलाई न्याय दे’ लगायतका नारा लगाएका छन् ।

सहकारीमा जम्मा गरिएको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको र उनीमाथि संसदीय छानबिन समितिमार्फत् छानबिन गरिनुपर्ने माग राख्दै कांग्रेसले केही समययता सदन अवरोध गर्दै आएको छ ।

बैठकको सुरुवातमा सभामुखले राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई बोल्न समय दिएका थिए । शाहीले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नुपर्ने आवश्यकता प्रस्तुत गरेका थिए ।

सभामुखले आइतबारका लागि शून्य समय र विशेष समय हटाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved