रविसहित व्यक्तिको नाम किटेर छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको अडान

पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारीको सदस्य नै नभए पनि गृहमन्त्री रवि लामिछानेले गैरकानुनी रुपमा पैसा लिएको भन्दै यस प्रकरणमा छानबिन हुनुपर्ने बताउँदै आएको कांग्रेसले उनकै नाम उल्लेख हुनुपर्ने अडान लिएको हो ।

नेपालभ्युज

रविसहित व्यक्तिको नाम किटेर छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको अडान

काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा पुरानो अडान कायमै राख्ने निर्णय गरेको छ ।

आज बिहान कांग्रेस नेताहरूको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने अडानमा कायम रहने निर्णय गरेको हो ।

पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारीको सदस्य नै नभए पनि गृहमन्त्री रवि लामिछानेले गैरकानुनी रुपमा पैसा लिएको भन्दै यस प्रकरणमा छानबिन हुनुपर्ने बताउँदै आएको कांग्रेसले उनकै नाम उल्लेख हुनुपर्ने अडान लिएको हो ।

घरमै पुगेर भेट्दा पनि देउवाले प्रधानमन्त्रीको आग्रह सुनेन्, अडान नछाडेपछि प्रचण्ड फर्किए

यसअघि कांग्रेस सहकारीको नाम मात्र उल्लेख गर्न तयार थियो । तर, अहिले फेरि कांग्रेस व्यक्ति नै किटान गरेर कार्यादेश बनाउनुपर्ने पक्षमा पुगेको हो ।

कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘‘गोर्खा मिडिया नेटवर्कसहित त्यहाँ सञ्चालक सदस्य रहेका सदस्यहरूको नाम राख्नुपर्छ । नाम उल्लेख नगरीकन छानबिन हुन सक्दैन भन्ने हाम्रो अडान कायमै छ ।’’

तर, सत्ता पक्षका नेताहरूले संस्थाको नाम उल्लेख गरेपछि व्यक्तिको नाम उल्लेख गर्न नपर्ने अडान राखेका छन् । त्यसमा कांग्रेस सहमत नभएको हो । कम्पनीका सञ्चालक जबाफदेही हुनुपर्ने भएकाले नाम नै किटान हुनुपर्ने कांग्रेसको भनाइ छ । सहकारीकै विषयलाई लिएर कांग्रेसले आजै काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ ।

पोखराको सूर्यदर्शन सहकारी करिब १९ हजार मानिसको १ अर्ब ३५ करोडभन्दा बढी पैसा अपचलनमा परेको छ । पोखरा महानगरपालिकाले अध्ययन गरेको छ । अध्ययनको ८९ पेजको रिपोर्ट निकालेको छ । रिपोर्टले सय जना मानिसहरूले नक्कली खाता खोलेर करिब १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेको भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved