दुईअर्थ लाग्ने हिट गीत जसलाई लुकेर सुन्थे श्रोता, अमर सिंह चमकीलाको हत्याको कारण

नेपालभ्युज

दुईअर्थ लाग्ने हिट गीत जसलाई लुकेर सुन्थे श्रोता, अमर सिंह चमकीलाको हत्याको कारण

एजेन्सी । भारतीय फिल्म निर्देशक इम्तियाज अलीको फिल्म ‘चमकीला’ रिलीज भएपछि अमर सिंह चमकीलाका गीतलाई लिएर युवाहरुमा उत्सुकता बढेकोे छ ।

अहिले चमकीलाका गीतहरु युवाहरुले सुनिरहेका हुन्छन् । यदी उनका गीतहरु खराब थिए भने किन सुनिरहेका छन् ?

यहाँ फिल्ममा एक बृद्ध महिलाले भनेकी छन्, “अश्लीलता सबैभित्र छ । सबै पुरुषहरुले महिलाहरुका बारेमा लगभग एउटै सोँच राख्छन् । फरक यति मात्र हो चमकीलाले आफ्ना गीतहरुबाट त्यो विचार भनिदिए, अन्य पुरुषहरुले भन्न सकेनन् ।”

इम्तियाज अलीले एक अन्तरवार्तामा अमर सिंह चमकीलाले यस्तो कुराहरु भने जो समाजमा स्वीकार्य छैन, तर उनले महिलाहरुलाई कहिल्यै गलत तरिकाले देखाएनन् भनेका छन् । महिलाहरु पुरुषभन्दा धेरै चञ्चल हुन्छन् र उनीहरुको चञ्चलता संगीत र गीतहरुबाट बयान गरिन्छ । जसलाई उनीहरु एकदमै मजा लिन्छन् ।

८०को दशकमा अमर सिंह चम्किलाका गीतहरुका क्यासेट दोहोरो अर्थ लाग्ने शब्दहरुको कारणले घरपरिवारबीच ल्याउन बर्जित थिए । तर पनि ती हरेक ठाउँमा भेटिन्थे ।

खासगरी त्यो समयमा उनले जस्ता गीतहरु अरुले पनि लेख्थे गाउँथे । तर उनी धेरै चर्चित थिए र धनसम्पत्ति पनि धेरै भएका कारणले उनी कतिपय व्यक्तिको नजरमा खट्किरहेका थिए । जसले गर्दा उनको हत्या गरियो ।

उनका चर्चित गीतहरुमा मिन्त्रा मै खन्ड बन गई, शिखर दुपहरे नहुंदी सी, बापू साडा गुम हो गया, पहली ललकारा नाल आदि थिए ।

जसमा खासगरी उनी गीतको माध्यमबाट समाजका विसंगतीहरुलाई बयान गर्ने गर्थे ।

अमर सिंह चमकीला र उनकी श्रीमती अमरजोतलाई भारतीय कट्टरपन्थीहरुले मार्च महिना सन् १९८८ मा हत्या गरेका थिए ।

इम्तियाज अलीले आफ्नो फिल्म ‘चमकीला’ को माध्यमबाट पञ्जाबका चर्चित गायक चमकीलालाई फेरि जिउँदो बनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved