नारायणकाजीले देखाएको सम्पत्ति : प्रचण्डले दिएको गाडी र खातामा जम्मा १ लाख

नेपालभ्युज

नारायणकाजीले देखाएको सम्पत्ति : प्रचण्डले दिएको गाडी र खातामा जम्मा १ लाख

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ वर्तमान मन्त्रीपरिषद्को सबैभन्दा गरिब मन्त्री देखिएका छन् । मंगलबार सार्वजनिक उनको सम्पत्ति विवरण अनुसार अरू मन्त्रीहरूको धेरैधेरै सम्पत्ति देखिँदा श्रेष्ठको सबैभन्दा थोरै देखिएको छ ।

उनले आफ्नो पैतृक सम्पत्ति पार्टीलाई हस्तान्तरण गरेको घोषणा गरेका छन् । गोरखाको सिरानचोक गाउँपालिका ८ मा उनको नाममा ३ कित्ता जग्गा छ । आफ्नो बैंक खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको खुलाएका छन् ।

रवि लामिछानेको सम्पत्ति – ८० तोला सुन र दशौँ करोडको जग्गा तर, अधिकांश श्रीमतीको नाउँमा

उनीसँग कुनै पनि कम्पनीको शेयर वा धितोपत्रहरु नभएको सम्पत्ति विवरणमा खुलाइएको छ ।

उनीसँग बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी छ । तर यो गाडी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि उपलब्ध गराएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved