थलीमा मृत अवस्थामा भेटिएका नगरकोटीकी छोरी पनि पक्राउ

नेपालभ्युज

थलीमा मृत अवस्थामा भेटिएका नगरकोटीकी छोरी पनि पक्राउ

काठमाडौं । कागेश्वरी मनोहराको थलीमा मृत अवस्थामा भेटिएका पुरूषकी छोरी पक्राउ परेकी छन् ।

भक्तपुर नगरपालिका-७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी मंगलबार बिहान मृत अवस्थामा भेटिएका थिए ।

मंगलबार दिउँसो बबरमहलबाट नगरकोटीकी छोरीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

यसअघि नगरकोटीका छोरालाई फर्पिङमा घाइते अवस्थामा भेटिएको थियो ।

छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

बुवा र छोराछोराबीच विवाद हुँदा घटना घटेको हो कि भनेर उनीहरूलाई नियन्त्रणमा लिइएको एसपी अधिकारीले बताए ।

थलीको उकालोमा कृष्ण मृत अवस्थामा देखेपछि मर्निङ्वाक गर्नेले प्रहरीलाई खबर गरेका थिए ।

कालो कपडाले मुख छोपेको र रगत बगिरहेको अवस्थामा शव भेटिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved