कि गगनलाई कारबाही गरियोस् नभए गृहमन्त्रीलाई बर्खास्त गर : भीम रावल

नेपालभ्युज

कि गगनलाई कारबाही गरियोस् नभए गृहमन्त्रीलाई बर्खास्त गर : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र गृहमन्त्री रवि लामिछानेमाथि आवश्यक छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।

थापा र लामिछानेबीच आरोप-प्रत्यारोप चलिरहेको बेला रावलले यस्तो बताएका हुन् ।

‘राज्यका सूचना बेच्नु देशद्रोह हो । यसरी सूचना नेपाली कांग्रेसका महामन्त्री, सांसद गगन थापाले बेचेको गम्भीर आरोप गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले लगाएका छन् । यस्तो देशद्रोह गगन थापाले गरेको भनी गृहमन्त्रीले संसद्‌मा नै घोषणा गरेकोले थापालाई गिरफ्तार गरी तत्काल कानुनी कारबाही गरियोस्।’ रावलले भनेका छन् ।

उनले यसअघि भने, ‘यदि गगन थापालाई गिरफ्तार गरी गृहमन्त्रीले कारबाही अघि बढाउदैनन् भने उनी पनि देशद्रोहीका मतियार ठहरिने छन् र निजलाई प्रमं प्रचण्डले तुरुन्त बर्खास्त गरी गिरफ्तार गर्नुपर्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved