दमौलीको मुख्य बजारमा मध्यरातमा भिषण आगलागी, करोडौंको धनमाल जलेर नष्ट

नेपालभ्युज

दमौलीको मुख्य बजारमा मध्यरातमा भिषण आगलागी, करोडौंको धनमाल जलेर नष्ट

काठमाडौं । तनहुँको सदरमुकाम दमौलीमा आइतबार राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा मध्यराति आगो सल्किएको हो ।

आगलागीका कारण २० वटा पसल पूर्णरूपमा जलेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । १२ बजेतिर सल्किएको आगो तीन घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चारवटा दमकल र स्थानीयवासीको सहयोगमा बिहान पौने ४ बजेमात्रै आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । विद्युत सट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

आगलागीबाट करोडौं रुपैयाँको धनमाल जलेर नष्ट भएको प्रारम्भिक अनुमान छ । क्षतिको विवरणको संकलन भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved