के दुधमा मह मिसाएर खानु सही हुन्छ ?

नेपालभ्युज

के दुधमा मह मिसाएर खानु सही हुन्छ ?

एजेन्सी । धेरैजसो मानिसलाई दुधमा मिसाएर खान चिनीको स्वस्थकर विकल्पको रुपमा मह सही हुन्छ भन्ने लाग्छ । तर, दुधमा मह मिसाएर खानु सही वा गलत भन्ने शंका भने रहेको हुन्छ । यसमा शंका मान्नु पर्दैन । दुधसँग मह ढुक्कसँग खान सकिन्छ । यो एकदमै आनन्ददायी पेय पदार्थमा पर्दछ । संसारका कुना कुनामा दुधमा मह मिसाएर पिउने गरिन्छ ।

दुध क्याल्सियम, प्रोटिन, भिटामिन र मिनरल्सको राम्रो स्रोत हो । जबकि महमा एन्टीअक्सीडेन्ट, भिटामिन तथा मिनरल्स पाइन्छन् । यी दुवैको मिश्रणले तपाईंलाई अझै स्वस्थ बनाउँछ ।

दुध र मह दुवैमा इम्यून सिस्टम बुस्ट गर्ने तत्व हुन्छन् । यसको सेवनले बिरामीलाई पनि फाइदा गर्छ भने विभिन्न रोगबाट पनि जोगाउँछ ।

दुधमा मह मिसाएर खाँदा पाचनप्रणाली पनि राम्रो हुन्छ । यसले ग्यास्ट्रोइन्टेस्टाइनलमा हुने असुविधाबाट राहत दिन्छ ।

रातमा सुत्नुभन्दा केही समय पहिले दुधमा मह मिसाएर पिउँदा निद्रा राम्रो लाग्छ ।

दुधमा मह मिसाएर पिउनु स्वस्थकर हुँदाहुँदै पनि केही कुराहरुको भने विशेष ध्यान दिनुपर्ने हुन्छ । खासगरी दुग्धजन्य पदार्थबाट एलर्जी हुने व्यक्तिले पनि यो पिउनु हुँदैन ।

तर, बजारमा पाइने जुन पनि मह मिसाउनु सही हुँदैन । गुणस्तरीय सामग्रीको छनोट गरी त्यस्तो मह मात्र मिसाएर सेवन गर्नुपर्छ ।

दुध एकदमै तातो छ भने त्यसमा मह नमिसाउनुहोस्, किनकि यसो गर्दा महमा भएका फाइदाजनक तत्व कम हुन्छन् । दुध सधैँ मनतातो वा चिसो भएपछि मात्र मह मिसाउनुपर्दछ ।

तपाईंलाई पाचन सम्बन्धी समस्या छ भने राति सुत्नुभन्दा एक देखि दुई घण्टा अगाडि मह र दुध पिउनुहोस् ।

कुनै औषधि सेवन गरिरहनु भएको छ वा कुनै स्वास्थ्य समस्या छ भने यसको सेवन गर्नुअघि विशेषज्ञ वा डाक्टरसँग सल्लाह लिनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved