जंगलको जग्गा व्यक्तिको नाममा लैजाने मालपोत र नापीका प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

जंगलको जग्गा व्यक्तिको नाममा लैजाने मालपोत र नापीका प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख र नापी कार्यालयका प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मोहन स्नेही रसाईली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्दसहित ८ जनाविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएकामा नायब सुब्बा अग्नीबहादुर शाही, सर्भेक्षक दशरथ मण्डल, आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्रा रावल, कमल बहादुर रावल, सुशील बहादुर रावल र बिमलबहादुर रावलविरूद्ध अख्तियारले २४ करोड ६ लाख ६९ हजार बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूले कैलालीको साविक नारायणपुर-८ को १५ बिघा जंगलको जग्गा २०६८ सालमा व्यक्तिका नाममा दर्ता गराएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved