फोटो पत्रकार श्रेष्ठले गरिन् एक सातामै दुईपटक सगरमाथाको सफल आरोहण

नेपालभ्युज

फोटो पत्रकार श्रेष्ठले गरिन् एक सातामै दुईपटक सगरमाथाको सफल आरोहण

काठमाडौं । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले एक साताको अवधिमा दुईपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् ।

पछिल्लो आरोहणसँगै पत्रकार श्रेष्ठ तेस्रोपटक सगरमाथाको चुचुरो पुग्न सफल भएकी हुन् ।

एक साता अघि मात्रै सगरमाथाको चुचुरो पुगेर फर्किएकी श्रेष्ठ आज बिहान ३ बजेर पाँच मिनेट जाँदा तेस्रोपटक सगरमाथाको शिखर चुमेकी एडकेएक्सपेडिन कम्पनीका प्रमुख लाक्पा शेर्पाले जानकारी दिए । पत्रकार श्रेष्ठ सोही कम्पनीबाट आरोहणमा गएकी थिइन् ।

श्रेष्ठसँगै आरोहणमा गएका अन्य ४० जनाले पनि चुचुरो चुमेका छन् । पत्रकार श्रेष्ठले यसअघि सन् २०१८ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved