पोछा लगाउने पानीमा मिसाउनुहोस् पाँच चिज, लामखुट्टे भाग्नेछन् टाढा

नेपालभ्युज

पोछा लगाउने पानीमा मिसाउनुहोस् पाँच चिज, लामखुट्टे भाग्नेछन् टाढा

एजेन्सी । मौसम परिवर्तन भएसँगै लामखुट्टे आउन पनि थालिसकेका छन् । लामखुट्टेले टोक्दा जति समस्या हुन्छ त्यति नै यिनीहरु रोग फैलाउन पनि अगाडि नै हुन्छन् । त्यसैले घरमा सकेसम्म लामखुट्टे नआउने वातावरण बनाउनु नै राम्रो हुन्छ ।

तपाईंले पोछा लगाउने पानीमा केही चीज मिसाउन सक्नुहुन्छ जसले घरमा भएका लामखुट्टेको सर्वनाश गरिदिनेछ ।

तपाईंको भान्सामा भएको दालचिनीलाई पोछा लगाउने पानीमा मिसाएर लामखुट्टे भगाउन सकिन्छ । लामखुट्टेलाई दालचिनीको सुगन्ध मन पर्दैन । जसले गर्दा उनीहरु टाढैबाट भाग्नेछन् ।

दालचिनीको प्रयोग गर्न त्यसको २–३ वटा टुक्रा पानीमा उमाल्नुहोस् । जब यो पानी चिसो हुन्छ उक्त पानीले पोछा लगाउनुहोस् । यसले लामखुट्टे मर्नेछन् ।

त्यस्तै पोछा लगाउने पानीमा भाँडा धुने साबुन वा लिक्वीड मिसाएर सफा गर्न पनि सकिन्छ । यो तरिकाले पनि सबै लामखुट्टे तथा झिंगा टाढा जानेछन् ।

त्यस्तै लामखुट्टेलाई टाढा भगाउन तपाईं कपूरको प्रयोग पनि गर्न सक्नुहुन्छ । कपूरलाई पिसेर पानीमा मिसाउनुहोस् र घरलाई उक्त पानीले सफा गर्नुहोस् । यसको सुगन्धले लामखुट्टे आउने छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved