सगरमाथा र ल्होत्सेबाट दुई शव काठमाडौं ल्याइयो

नेपालभ्युज

सगरमाथा र ल्होत्सेबाट दुई  शव काठमाडौं ल्याइयो

काठमाडौं । सगरमाथाको क्याम्प ४ र ल्होत्से हिमालको शिखर नजिकबाट एक/एक गरी दुई जनाको शव काठमाडौं ल्याइएको छ ।

नेपाली सेनाले ‘सफा हिमाल अभियान’अन्तर्गत  लामो समयदेखि अलपत्र उक्त शवलाई काठमाडौं ल्याएको हो ।

बेस क्याम्पबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत दुवै शवलाई त्रिवि शिक्षण अस्पतालमा ल्याइए सैनिक प्रवक्ता गौरव केसीले जानकारी दिए ।

उनका अनुसार  पहिचान नखुल्ने भएकाले पोष्टमार्टम गरेर डीएनए संकलन लगायतका प्रक्रिया अघि बढाइनेछ ।

यस वर्षको सफा हिमाल अभियानअन्तर्गत सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० टन फोहोर संकलन गर्ने योजना रहेको नेपाली सेनाले जनाएको  छ ।

सफा हिमाल अभियान २ वैशाखबाट  संचालन गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved