कुटपिट र लुटपाट गरेको आरोपमा मेयर बालेन्द्र साहविरुद्ध अदालतमा मुद्दा दर्ता

नेपालभ्युज

कुटपिट र लुटपाट गरेको आरोपमा मेयर बालेन्द्र साहविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

पत्रकार पदमप्रसाद पोख्रेलले मेयर साहसहित महानगरपालिकाका तीन जनाविरुद्ध कुटपिट र लुटपाट गरेको अभियोगमा मुद्दा दायर गराएका हुन् ।

पोख्रेलले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र महानगर प्रहरीका एसपी मनोज लामिछानेविरुद्ध कुटपिट र लुटपाटको अभियोगमा मुद्दा दायर गरिएको बताए ।

प्राणमञ्च डटकमका प्रधान सम्पादक रहेका पोखरेलले आफूलाई कुटपिट र लुटपाट गरिएको दाबी गर्दै मुद्दा दर्ता भएको अदालत स्रोतले जनाएको छ ।

उनीहरूविरुद्ध कुटपिट अभियोगमा मुलुकी अपराध संहिता अनुसार ३ वर्ष कैद र ३० हजार जरिवाना तथा लुटपाट अभियोगमा दफा २८६ (३) बमोजिम सामान र बिगो गरेर ३ लाख ४४ हजार ११७ रुपैयाँ भराउन माग गरिएको छ ।

गत फागुन १६ गते सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको थियो । सो क्रममा आफूलाई कुटपिट गरिएको र क्यामेरालगायत सञ्चार उपकरण फुटाइदिएको आरोप पत्रकार पोखरेलले अदालतमा दिएको निवेदनमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved