सहमति नजुटेपछि बागमतीका संसदीय समितिको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु

नेपालभ्युज

सहमति नजुटेपछि बागमतीका संसदीय समितिको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु

काठमाडौं । बागमती प्रदेशमा संसदीय समितिहरूको नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ ।

यसका लागि आज मनोनयन दर्ता हुने भएको छ । दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको समय तोकिएको छ ।

सर्वसम्मत रुपमा सभापति चयन गर्ने दलहरुको प्रयास असफल भएपछि नेतृत्व चयन निर्वाचनमार्फत् हुने गरी प्रक्रिया अघि बढेको हो ।

निर्वाचन कार्यतालिका अनुसार भोलि शनिबार मतदान हुनेछ ।

प्रदेश सभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति गरी पाँचवटा विषयगत समिति रहेका छन् ।

सबै समितिहरुको नेतृत्व चयन निर्वाचनमार्फत नै हुन लागेको हो । समिति बैठक अहिले ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्दै आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved