घरमा राखेको डाइनिंग टेबलको वास्तु जानौं

नेपालभ्युज

घरमा राखेको डाइनिंग टेबलको वास्तु जानौं

एजेन्सी । वास्तुशास्त्र अनुसार घरका हरेक चीजको लागि सही दिशा निर्धारण गरिएको छ । जसले गर्दा घरमा सुख समृद्धि आउने मान्यता पनि छ ।

यसैप्रकारले घरको भान्सामा राखिएको खाना खाने टेबलका लागि पनि सही दिशा र स्थान निर्धारण गरिएको छ । तपाईं पनि वास्तुअनुसार डाइनिंग टेबल राख्न चाहनुहुन्छ भने जान्नुहोस ।

डाइनिंग टेबललाई वास्तुअनुसार सधैँ उत्तर वा उत्तरपूर्व दिशामा राख्नु पर्दछ । यसो गर्नाले परिवारमा एकता बढिरहने मान्यता छ ।

यस्तो मान्यता छ कि दक्षिण दिशामा डाइनिंग टेबल राख्दा घरमा कलह बढ्ने बताइन्छ । यसले परिवारमा समस्या पनि आउन सक्छ ।

वास्तुअनुसार डाइनिंग टेबलललाई घरको कुनामा राख्नु हुँदैन । यसलाई सधैं बीचमा राख्दा नै लाभ पाउन सकिन्छ । यो वैज्ञानिक हिसाबले पनि सही हुन्छ । किनकि वरिपरि बसेर खाँदा सजिलो पनि हुन्छ ।

त्यस्तै डाइनिंग टेबलमा बनावटी वा नक्कली फूलले सजावट पनि गर्नु हुँदैन । यसको स्थानमा ताजा फूल राख्न सक्नुहुन्छ ।

फूललाई डाइनिंग टेबलमा गोलो भाँडामा मात्र राख्नु शुभ मानिन्छ । काठको डाइनिंग टेबल छ भने त्यसमा तामाका कुनै पनि भाँडा राख्नु राम्रो मानिन्छ ।

डाइनिंग टेबलमा सधैँ सफा भाँडा नै राख्नुपर्दछ । यसमा फुटेका वा फोहोर भाँडा राख्नबाट बच्नुहोस् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved