कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा सुरु

नेपालभ्युज

कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा सुरु

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा जारी बैठकले सरकारले आज सार्वजनिक गर्न लागेको नीति तथा कार्यक्रममा सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्ने छ ।

हिजो स्थगित गरिएको बैठक आज बसेको हो ।

कांग्रेसले सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठन नभएसम्म सदन चल्न नदिने अडान राख्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान कांग्रेस नेतासँगको छलफलमा नीति तथा कार्यक्रममा अवरोध नगर्न आग्रह गरेका थिए ।

छलफलका लागि महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीको आग्रहबारे कांग्रेसले संसदीय दलको बैठकमार्फत निर्णयमा पुग्ने बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved