गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा विकल पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति

नेपालभ्युज

गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा विकल पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति

काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा गत माघ १० गते पक्राउ परेका विकल पौडेललाई थप १० दिन थुनामा राख्न अख्तियारले अनुमति पाएको छ ।

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेललाई थप अनुसन्धान गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुमति पाएको हो ।

पौडेल गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा गत माघ १० गते पक्राउ परेका थिए । आइतबार अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको हो ।

उनीविरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved