‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेताले पाए पुरस्कार 

नेपालभ्युज

‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेताले पाए पुरस्कार 

काठमाडौं । टिभिएसले ‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाका विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ ।

नेपाली टु व्हीलर मार्केटमा टेक्नोलोजी चयाम्पियनस्को रूपमा स्थापित टिभिएसले नयाँ वर्षको अवसर पारी आयोजना गरेको कार्यक्रममा विजेता छनोट गरेर पुरस्कार वितरण गरेको हो ।

नयाँ वर्षको स्किम अन्तर्गत ग्राहकहरूलाई टिभिएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुविधाको साथ साथै हरेक हप्ता १००५ क्यास ब्याक, स्योर सट क्यास डिस्काउन्ट, एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन, र बजारकै सबै भन्दा कम इएमआई तथा सजिलो फाइनान्स सुविधा जस्ता आकर्षक अफरहरू उपलब्ध गराएको थियो ।

योजना अन्तर्गत अंकुश साहले एनटर्क ड्रमको खरिदमा ५०,००० रुपैयाँ पुरस्कार जितेका छन् ।

त्यसै गरी, सपना सापकोटाले एनटर्क रेस ऐडिशन र गोदावरी ठगुन्नाले एनटर्क आरटीएफआईको खरिदमा १००५ क्यासब्याक प्राप्त गरेका छन् भने राम बहादुर राणाले रेडरको खरिदमा ५०,००० रुपैयाँ पुरस्कार जितेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved