नाबालिगलाई जबर्जस्ती यौनजन्य कार्यमा लगाउने खाजाघर सञ्चालक पक्राउ

नेपालभ्युज

नाबालिगलाई जबर्जस्ती यौनजन्य कार्यमा लगाउने खाजाघर सञ्चालक पक्राउ

काठमाडौं । नाबालिगहरूलाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका–९ मा सञ्चालित सुर्खेत खाजाघरका सञ्चालक दार्चुलाका २९ वर्षीय लोकेन्द्र बडू र सर्लाही हरिवनकी ३७ वर्षीया कान्छीमाया घिसिङ छन्।

नाबालिगलाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको आरोपमा मानव बेचबिखन ब्यूरोले उनीहरूलाई पक्राउ गरेको हो।

होटलमा काम लगाईदिन्छौं भनेर नाबालिगलाई ल्याएर यौनजन्य कार्यमा लगाएको प्रहरीले जनाएको छ ।

उनीहरूले नाबालिगलाई ग्राहकबाट ५ हजारदेखि ८ हजारसम्म लिएर यौनजन्य कार्यमा लगाउने गरेको पाइएको छ ।

उनीहरूविरूद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved